अगस्ट 09 – उहाँले तपाइँलाई आनन्दित पार्नुहुनेछ!
“तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।” (यर्मिया 31:13)।
हेर्नुहोस् कि कसरी हाम्रो प्यारो परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ र हौसला दिनुहुन्छ र हाम्रो हृदयलाई बलियो बनाउने एउटा प्रतिज्ञा पनि दिनुहुन्छ! उहाँ प्रतिज्ञा गर्नुहुन्छ, “म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु।” हो, दु: ख को दिन, उदासीको दिन र कष्टको दिनहरु को अन्त आउँदैछ।
जब परमेश्वरको हात तपाइँको जिन्दगीमा हस्तक्षेप गर्नुहुन्छ भने , तपाइँमा कुनै दु: ख र कष्ट भन्ने हुनै सक्दैन। तपाइँको आँसु पुछेर तपाइँलाई सान्त्वना दिनुका साथै, उहाले तपाइँको शोकलाई हर्षमा परिणत गर्नुहुन्छ। हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। (रोमी 8:28)।
जब दु: ख र पीडा तपाइँको जीवनलाई घेर्छन, तपाइँ यसो भन्दै बिलाप गर्नुहुन्छ कि मेरो जीवनमा यति धेरै कष्टहरु किन आएको र किन मेरो जिन्दगीमा यति ठुला परीक्षाहरु आएको। तर, जब परमेश्वरले यी सबै कुराहरुलाई भलाइमा परिणत गर्नुहुन्छ, यी सब आशिष लाग्छन।
आफ्नो कलेजको शिक्षा पूरा गरेपछि, मेरो बुबाले धेरै जागिर को लागी आवेदन दिनुभयो। उहाँले बैंक वा सरकारी सेवामा रोजगारी पाउने प्रयास गर्नुभयो। तर, परमेश्वरले उहाँलाई एक विद्यालयमा गणित शिक्षकको रूपमा काम गर्न अनुमति दिनुभयो। यो सरकारी स्कूल थियो। चूंकि उचित कक्षाहरु उपलब्ध थिएनन्, उनीहरुलाई रूखहरु मुनि आफ्नो कक्षाहरु संचालन गर्नु परेको थियो।
उहाँको कक्षाका धेरैजसो विद्यार्थीहरु जो अघिल्ला कक्षाहरुमा फेल भएका थिए त्यसैले के सिकाइएको थियो बुझ्न सक्ने थिएनन्। मेरो बुबाले उनीहरुलाई पढाईमा हुर्काउन हर संभव प्रयास गर्नुभयो र उनीहरु लाई राम्रो विद्यार्थी बन्न को लागी प्रोत्साहित गर्नुभयो। उहाँको प्रयासले राम्रो नतिजा दियो र सबै सुस्त विद्यार्थीहरु पनि चम्किन थाले। यस प्रकार, उहालाई शिक्षक बनाउनुमा परमेश्वरको एक कारण थियो। यो अनुभवले मेरो बुबालाई उहाँका पछिल्ला दिनहरुमा एक प्रचारक बन्न मद्दत गर्यो।
युसुफलाई हेर्नुस त। उनका दाजुहरूले उनलाई दासको रूपमा बेचे। जब उनी ईमानदारीपूर्वक घरको काम गर्दै थिए, उनी झूटा आरोपको कारण जेल पठाइए। तर परमेश्वरले उनलाई मिश्रको सबै भन्दा माथिको पदमा उचाल्नुभयो। परमेश्वरका प्रिय छोराछोरीहरु, आज तपाई जुन हदसम्म पीडा भोगिरहनु भएको छ, उही हदसम्म तपाइको प्रगतिले तपाइलाई पर्खिरहेको छ। तपाइको दु: ख स्थायी छैन। परमेश्वर तपाइँको दु: ख लाई खुशी मा बदल्नुहुनेछ।
मनन गर्न को लागी: “जति दिन तपाईंले हामीलाई कष्ट दिनुभयो, र जति वर्ष दु:ख भोग्यौं, त्यत्ति दिन हामीलाई आनन्दित तुल्याउनुहोस्। (भजनसंग्रह 90:15)।