सेप्टेम्बर 12 – हामीले ताडना पाउँदा
यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्यौं। के झन् बढ़ी हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र? (हिब्रू 12:9)
हाम्रा परमेश्वर तपाईंलाई प्रेमपूर्वक ताडना दिने परमेश्वर हुनुहुन्छ। तपाईं उहाको पवित्रतामा संलग्न हुनुहोस् भनेर उहाले तपाईंलाई ताड्ना दिनुहुन्छ जुन तपाईंको निम्ति लाभदायक हुन्छन। यो कुराले तपाईंलाई वर्तमानका दिनहरूमा खुशी र आनन्द नदिए पनि, यी कुरा तपाईंले आउँदो दिनहरूमा बुझ्नुहुनेछ। यस्तो ताड़ना तपाईंको निम्ति एकदमै लाभदायक हुन्छ र यसले तपाईंलाई धार्मिकता र शान्ति तिर लैजान्छ।
संसारमा त्यस्ता कुनै पनि सन्त या परमेश्वरका जनहरू छैनन जो आफ्नो जीवनमा दुःख र कष्टद्वारा गुज्रेका छैनन्। पवित्र शास्त्रले पनि भन्दछ की धार्मिक मानिसलाई धेरै विपत्तिहरु आइलाग्छन। तपाईं सोध्नुहोला की किन परमेश्वरले तपाईंलाई नै दुःख र कष्ट अनि विपत्तिमा पार्नुहुन्छ या किन तपाईंको विरुद्धमा धेरै शत्रुहरू खडा गर्नुहुन्छ?
पवित्र शास्त्रले हामीलाई स्पष्टसँग भन्दछ की “इस्राएलका आउने पुस्ताहरूलाई, अर्थात् जस-जसले पहिले युद्ध गर्न जानेका थिएनन्, तिनीहरूलाई कसरी लड़ाइँ गर्नुपर्ने सो सिकाउने उहाँको अभिप्राय थियो। उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो।” (न्यायकर्ताहरू 3:2,4)
माथिका पदहरुद्वारा हामी यो बुझ्दछौँ की सबैभन्दा पहिले, इस्राएलीहरुका विरुद्ध परमेश्वरले शत्रुहरू खडा गर्नुभयो ताकि उनीहरूले युद्ध गर्न सिकुन्, र दोस्रो चाहिँ परमप्रभुले दिनुभएका आज्ञाहरू उनिहहरूले पालन गर्छन् कि गर्दैनन् भनेर जाँच्नलाई थियो। जब तपाईं दुःखमा पार्नुहुन्छ, परमेश्वरलाई पुकार्नुहोस। उहाँलाई प्रार्थना गर्नुस्, आफ्नो युद्ध लड्नुहोस् र उहाको पवित्रता आफ्नो जीवनमा आओस् भनी माग्नुस्। परमेश्वरले भन्नुभयो “मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउनेछु। (यर्मिया 33:3)
हामीले कहिल्यै पनि यस्तो आशा राख्नुहुन्न या कल्पना गर्नुहुन्न की परमेश्वरले एकै झट्कामा हाम्रा जीवनबाट सबै पीडाहरू हटाइदिनु हुनेछ र हामीलाई कष्ट र पीडा रहितको जीवन दिनुहुनेछ। हामी जीवनकाल भqरी नै दुःख र कष्टबाट भएर गुज्रिनुपर्छ। हाम्रो जीवनमा यस्तो पनि परिस्थिति आउँछन् जहिले एक पछि अर्को गरी हाम्रो जीवनमा दुःखहरू आइरहन्छन्। एउटा अशान्त समुन्द्रमा एक पछि अर्को गर्दै छालहरू उठ्नु स्वभाविक हो। यो छालहरू तपाईंको जीवनमा आउनुको उद्देश्य तपाईंलाई पौडी खेल्न सिकाउनलाई नै हो।
यी कष्टहरु हाम्रो जीवनमा आउनुको उद्देश्य हामीलाई बलियो बनाउन र युद्धको लायक बनाउन हो। भजनकर्ता दाऊद भन्छन “मेरो चट्टान, परमप्रभुको प्रशंसा होस्, जसले मेरो हातलाई युद्ध गर्न, र मेरा औँलाहरूलाई लड़ाइँ गर्न सिकाउनुहुन्छ।” (भजनसंग्रह 144:1) यस पदमा लेखिएको “हात” चाहिँ हाम्रो सीप या हाम्रो काम हो। र औंलाहरुले चाहिँ तिखारिएको सीप र कला लाई जनाउँछ।
परमेश्वरका प्रिय छोराछोरीहरू, जब तपाईं छालहरुमा पनि पौडिन जान्नुहुन्छ भने मात्र तपाईं विजयी भएर निस्किन सक्नुहुन्छ। जब तपाईं जाचिनु र खारिनुहुन्छ तब मात्र तपाईं प्रभुको लागि चम्किनुहुन्छ।
मनन गर्नका लागि: “धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्।”’हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।’ (प्रकाश 22:11-12)