जुली 10 – कुनै उत्तम कुराको अभाव हुदैन
“जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।” (भजनसंग्रह ३४:१०)
येशु ख्रीष्ट जो भलाइ मात्र गर्नुहुन्छ, साथमा हुनुहुन्छ भने परमेश्वरका छोराछोरीहरुलाई केहि कुराको अभाव हुदैन। भजनकर्ता भन्छन “कुनै उत्तम कुराको अभाव हुदैन।” र सिंह र जवान सिंहको उदाहरण दिएर ब्याख्या गर्छन। जवान सिंहहरुलाइ चाहिने उत्तम कुरा भनेको आहार हो। आमा सिंह र बुबा सिंहले शिकार गरेर आहार ल्याउछन, जवान सिंहहरुले ति खान्छन र तृप्त भएर हुर्किन्छन, बढ्छन।
सिंह जंगलको राजा हो र उ कुनै कुरामा पछि हट्दैन। कुनै जनावरले पनि उसलाई युद्ध गरेर हराउन सक्दैन। उ द्रुत, बलियो र सधै विजयी हुन्छ। कतिपय समयमा यी सिंहहरु पनि शिकार गर्न असफल हुन्छन र आफ्ना बच्चाहरुको निम्ति आहार दिलाउन असफल हुन्छन। यस्ता समयमा ति बच्चा सिंहहरू अभावमा पर्छन र भोकै पर्छन।
तर हाम्रा प्रभु येशु ख्रीष्टलाई हेर्नुस त ! उहा पनि एक सिंह हुनुहुन्छ। उहा यहुदाका राजा सिंह हुनुहुन्छ। हामीलाई भलो गने र उत्तम कुराहरु दिने उहाँ नै हुनुहुन्छ। उहालाई खोज्नेहरुलाई कुनै उत्तम कुराको अभाव हुदैन।
मेरो बुबा चेन्नई शहरमा लगभग एक बर्षसम्म बेरोजगार रहनुभयो। उहा सडकमा यसो भनेर प्रार्थना गर्दै भौतारिनु हुन्थ्यो “हे परमेश्वर, कत्ति अन्यजातिहरू यस शहरमा रोजगार पाएर सुखी जीवन जिउदैछन्। यहासम्म कि तपाइलाइ नचिन्ने कत्ति मानिसहरु बिशेष पदहरुमा बसेका छन्। मलाइ चाही किन तपाई एउटा राम्रो काम दिलाउनुहुन्न? मलाइ चाही किन तपाइँ माथि उठाउनुहुन्न? त्यो समयमा परमेश्वरले उहालाई भजनसंग्रहको ३४:१० अध्याय याद गराइदिनु भयो।
कसलाई कुनै उत्तम कुराको अभाव हुदैन? यस्तो लेखिएको छ कि परमप्रभुको खोजि गर्नेहरुलाई कुनै उत्तम कुराको अभाव हुदैन। त्यसैले मेरा बुबाले उपवासका साथ् प्रार्थना गर्न शुरु गर्नुभयो। परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो र उहालाई एउटा उत्तम नोकरी दिलाइदिनुभयो । मेरो बुबा आफुले सोचेको भन्दा पनि बढ्ता गरि माथि उचालिनु भयो र आशिषित हुनुभयो ।
के परमप्रभुको खोजि गर्न तपाइँ आफ्नो हृदय फिराउनुहुन्छ? के तपाइँ पहिले इश्वरको राज र उहाको धार्मिकताको खोजि गर्नुहुन्छ? के तपाइँ उहाको सुनौलो मुहार हेर्न र मधुर आवाज सुन्न इच्छुक हुनुहुन्छ? परमेश्वरले तपाइलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ “तिमीहरूलाई दोबर दिनेछु भनी अब म तिमीहरूलाई घोषणा गर्दैछु।” (जकरिया ९:१२)
हाम्रा परमेश्वर हामीलाई भलो गर्नुहुने परमेश्वर हुनुहुन्छ। उत्तम कुरा भन्नाले तपाई संसारिक आशिष मात्र नबुझ्नुस। परमेश्वरबाट पाइने उत्तम कुराहरु मध्ये “उद्वार” एउटा हो । त्यसैगरी उहाले तपाइलाई पवित्र आत्मा जस्तो उत्तम कुरा पनि दिनुहुन्छ।
मनन गर्नका लागि: “स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।”