अगस्ट 15 – इश्वरीय शान्ति!
“कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, 7र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४ :६)
सारा समझभन्दा माथिको शान्ति तपाइलाइ कृपाका साथ् दिनिहुने येशु ख्रीष्ट नै हुनुहुन्छ। उहाले नै तपाइलाइ उहाँको इश्वरीय शान्तिले आशिषित पार्नुहुन्छ। येशु ख्रीष्टलाइ पुकार्ने नामहरुमा सबैभन्दा उदेकको नाम “शान्तिको राजकुमार’ हो। जब उहा यस पृथ्वीमा हुनुहुन्थ्यो, उहा जहाँ पनि जानुभयो, जसलाई पनि भेट्नुभयो, ति सबैमा उहाले शान्ति दिनुभयो।
पवित्रसास्त्रमा रक्तस्राव भएकी एउटी स्त्रीको बारेमा लेखिएको छ। उसको बिमारी नहिल्यै निको नहुने किसिमको थियो । उ त्यो बिमारीले १२ बर्ष देखि सताइएकि थिइ । कुनै डाक्टरले उसलाई निको पार्न सकेको थिएन। उसको जीवनबाट शान्ति गुमिसकेको थियो।
तर एकदिन उसले थाह पाई कि येशु ख्रीष्ट त्यो बाटो भएर जादै हुनुहुन्छ र उ भिडको बिचमा गइ र येशुको लुगाको एक छेउ छोई । येशुको लुगाको एक छेउ छुने बित्तिकै परमेश्वरको शक्ति उसमाथि पर्यो र उसले चंगाई प्राप्त गरि । पवित्रशास्त्रले भन्दछ “तब उहाँले त्यसलाई भन्नुभयो, ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसाथ जाऊ। तिम्रो रोग निको होस्।” (मर्कुश ५:३४)
एकपटक एक जना पापी स्त्री दौडिदै येशुकहाँ आइ र उहाको पाउमा घोप्टो परि। उसले उहाको पाउ आफ्नो आशुले धोई। उसका पापहरु र अपराधहरु यति ठुला थिए कि उ शन्तिबिहिन भैसकेकी थिइ। येशुले उसको दयनीय अवस्थालाई देख्नुभयो। उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ।” (लुका ७:५०)
येशु ख्रिस्ट क्रुसमा मरिसके पश्चात उहाका सबै चेलाहरु भयभित थिए । उनीहरुलाई डर थियो कि यहुदीहरुले उनीहरुलाई पनि कष्ट दिन्छन। उनीहरुमा शान्ति थिएन र उनीहरु एकदम टुटिसकेका थिए। त्यस्तो समयमा येशु तिनीहरुका माझमा देखा पर्नुभयो र तिनीहरुलाई भन्नुभयो “तिमीहरुलाई शान्ति” (लुका २४:३६)
परमेश्वरका प्रिय छोराछोरीहरु, तपाइहरु आफ्ना समस्याहरुलाई लिएर चिन्तित हुनुहुन्छ होला, जब तपाइँ आफ्ना सारा समस्याहरुलाई उहाको हातमा सुम्पिएर प्रार्थना गर्नुहुन्छ भने, उहाले तपाइलाइ समझले नै भियाउन नसकिने उहाको शान्तिले भरिदिनु हुन्छ।
मनन गर्नका लागी: “शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।। (यूहन्ना १४:२७)